दफा ११
दफा ३ को उल्लंघन गरेमा हुने सजाय
: कसैले देहायका कुनै काम गरेमा विभागको आदेशले कसूरको मात्रा अनुसार देहाय बमोजिमको जरिबाना हुनेछ र सो कसूरसँग सम्बन्धित चीज वस्तु जफत हुनेछ ः-
(क) दफा ३ को उपदफा (२) मा लेखिएको कुनै कसूर गरेमा पाँच लाख रुपैयाँसम्म जरिबाना ।
(ख) दफा ३ को उपदफा (२) मा लेखिएको कुनै काम गर्ने उद्योग गरेमा वा सो काम गर्ने दुरुत्साहन दिएमा दुई लाख पचास हजार रुपैयाँसम्म जरिबाना ।